बर्दियाबाट लालपुर्जा वितरण सुरु, २९ भूमिहीन परिवार बने कानुनी जग्गाधनी

0
Quantam abroad studies

काठमाडौं । सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानलाई अघि बढाउँदै बर्दिया जिल्लाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।

अभियानअन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो। वर्षौंदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नपाएका परिवारहरूले लालपुर्जा प्राप्त गरेसँगै अब कानुनी रूपमा जग्गाधनीको मान्यता पाएका छन्।

लालपुर्जा प्राप्त भएसँगै लाभग्राहीहरूले बैंकिङ सेवा, ऋण सुविधा, सरकारी अनुदान तथा अन्य सार्वजनिक सेवामा सहज पहुँच प्राप्त गर्ने भएका छन्। यसले उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

sahani furniture udyog

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै वास्तविक लाभग्राहीलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यका साथ लालपुर्जा वितरण अभियानलाई देशभर प्रभावकारी रूपमा विस्तार गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरण अभियानलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.