फार्मदेखि किचेनसम्म खाद्य स्वच्छतामा वरपीपल रिसोर्ट अति उत्तम

0
Quantam abroad studies


पोखरा, असोज १२

पोखराको लेकसाइडस्थित वरपीपल रिसोर्टको किचेन, खाद्य सामग्री र सरसफाइ व्यवस्थालाई खाद्य स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ।


खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पोखराले गरेको निरीक्षणपछि रिसोर्टलाई अति उत्तम प्रमाणपत्र प्रदान गरिएको हो। कार्यालयका अनुसार निरीक्षणका क्रममा खाना तयार गर्ने किचनदेखि पानी, फलफूल तथा तरकारी, अन्य खाद्य सामग्री र कर्मचारीको व्यक्तिगत स्वच्छतासम्मका पक्ष परीक्षण गरिएको थियो। कार्यालय प्रमुख विजन श्रेष्ठका अनुसार होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता निरीक्षण तथा स्तरीकरणसम्बन्धी निर्देशिकाले खाद्य स्वच्छताका लागि चार तह— ‘सामान्य’, ‘सन्तोषजनक’, ‘उत्तम’ र ‘अति उत्तम’—निर्धारण गरेको छ। निरीक्षणपछि वरपीपल रिसोर्ट सबैभन्दा माथिल्लो तहमा परेको उनले बताए। ‘हामीले वरपीपल रिसोर्टको किचन, सरसफाइ, खाद्य स्वच्छता, कच्चा पदार्थको अवस्था, हाइजिनलगायतका पक्ष परीक्षण गर्दा अति उत्तम अवस्था भेटियो,’ श्रेष्ठले भने।

सोमबार कार्यालयले रिसोर्टका महाप्रबन्धक श्याम गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो। वरपीपलको खाद्य व्यवस्थापनको एउटा विशेषता रिसोर्ट परिसरबाहिर पोखरामै रहेको ७० रोपनी क्षेत्रफलको कृषि फार्मसँग जोडिएको छ। रिसोर्टले सञ्चालन गरेको वरपीपल अर्गानिक एग्रो फार्ममा भैंसी, कुखुरा, तरकारी तथा फलफूल उत्पादन हुँदै आएको छ। रिसोर्टका लागि आवश्यक दूध, अण्डा, तरकारी र फलफूलमध्ये ठूलो हिस्सा आफ्नै फार्मबाट आपूर्ति गर्ने गरिएको महाप्रबन्धक गुरुङले बताए।रिसोर्ट सञ्चालक जितु गुरुङका अनुसार कृषि उत्पादनलाई रिसोर्टको आपूर्ति प्रणालीसँग जोड्नुका साथै यसलाई दिगो पर्यटनको अभ्यासका रूपमा पनि अघि बढाइएको छ।

sahani furniture udyog


रिसोर्टका एक्जुकेटिभ सेफ सुमन श्रेष्ठका लागि खाद्य स्वच्छताको प्रमाणपत्र दैनिक किचन अभ्यासको परिणाम हो। २८ वर्षदेखि सेफका रूपमा काम गर्दै आएका श्रेष्ठका अनुसार किचेनमा आउने खाद्य सामग्री परीक्षण गरेर मात्र प्रयोग गर्ने र खाना तयार गर्ने क्रममा सरसफाइ तथा गुणस्तरमा निरन्तर ध्यान दिने गरिएको छ।
खाद्य स्वच्छताको प्रमाणपत्रसँगै रिसोर्टले आफ्नो आतिथ्य सेवाको दायरा पनि विस्तार गरेको छ। वरपीपलमा अहिले ५० वटा कोठा छन्।

रिसोर्टमा जिम हल, साउना, स्टिम र स्पालगायतका सुविधा छन्। पर्याप्त पार्किङ, तीनवटा हल र डाइनिङको व्यवस्था पनि रहेको रिसोर्टले जनाएको छ।  

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.