चोलेन्द्रशमशेरलाई भेट्न नदिने एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाइयो

0
Quantam abroad studies


काठमाडौं, असोज १२

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ र रिहा प्रकरण बल्झिँदै गएको छ । विना कारण मध्यराति सुतेकै अवस्थामा पक्राउ गरी प्रहरी कार्यालय ल्याएर ११ घन्टापछि रिहा गरिएको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर रूपमा लिएको छ ।

sahani furniture udyog


त्यसमाथि प्रहरी हिरासतमा रहेका राणालाई भेट्न पुगेको मानवअधिकार आयोगको टोलीलाई भेट्न नै नदिई फर्काइएपछि मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ । मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिए । आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि डाकिएको उनको भनाइ छ ।


आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब एक घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो । यसबारे आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो । राणालाई पक्राउ गरेको विषयले सोमबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै तातेको छ । विपक्षी दलहरूले यसबारे सरकारको कटु आलोचना गरेका छन् । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको उनीहरूको भनाइ छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.