देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव: आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

0
Quantam abroad studies

काठमाडौं, असोज १४

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको छ।


वायुको प्रभावका कारण हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

sahani furniture udyog


राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। देशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.