अरब सागरमा भारु तीन हजार करोडको लागूऔषध बरामद, पाँच पाकिस्तानी नागरिक पक्राउ

0
Quantam abroad studies


रौतहट, असोज १४

अरब सागरमा भारतीय तटरक्षक बलले लागूऔषधविरुद्ध ठूलो कारबाही गर्दै अन्तर्राष्ट्रिय बजारमा करिब ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्य पर्ने लागूऔषध बरामद गरेको छ।


भारतीय तटरक्षक बलले गुजरातको आतंकवाद निरोधी दस्ता (एटीएस) सँगको समन्वयमा लक्षद्वीपको पश्चिमी क्षेत्रमा पर्ने अरब सागरमा लागूऔषध तस्करीको ठूलो प्रयास विफल बनाएको हो।
खुफिया सूचनाका आधारमा समुद्री तथा हवाई निगरानी बढाएको तटरक्षक बलले लगातार पछ्याउँदै २५ सेप्टेम्बर २०२६ मा एउटा संदिग्ध इरानी धौ (नौका) रोकेको थियो। त्यस क्रममा नौकामा लुकाएर राखिएको करिब ५२६ किलो उच्च गुणस्तरको लागूऔषध बरामद गरिएको भारतीय पक्षले जनाएको छ। बरामद लागूऔषधमा हेरोइन र मेथामफेटामाइन रहेको बताइएको छ। यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी रहेको दाबी गरिएको छ।

sahani furniture udyog


कारबाहीका क्रममा उक्त नौका सञ्चालन गरिरहेका पाँच पाकिस्तानी नागरिकलाई पक्राउ गरिएको छ। उनीहरूको सम्बन्ध अन्तर्राष्ट्रिय लागूऔषध तथा ‘नार्को–टेररिज्म’ सञ्जालसँग रहेको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ।भारतीय तटरक्षक बलका अनुसार यो कारबाहीले समुद्री मार्ग हुँदै हुने अन्तर्राष्ट्रिय लागूऔषध तस्करी रोक्न महत्वपूर्ण सफलता प्राप्त भएको छ।

पक्राउ परेकाहरू र बरामद लागूऔषधबारे थप अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.