पहिलेजाँच, अनि गर्भ ! सुरक्षित मातृत्वको नयाँ आधार

0
Quantam abroad studies

अजय सहानी , कपिलवस्तु

सुरक्षित मातृत्वका लागि गर्भावस्था सुरु भएपछि मात्रै स्वास्थ्य परीक्षण गर्ने हाम्रो हालको सोच र बानि परिवर्तन गर्न आवस्यक देखिएको छ  । सुरक्षित मातृत्वको लागि गर्भ बसेपछि मात्र नभई , गर्भधारण गर्नुअघि नै पुर्ब तयारी आवस्यक छ ।

हालको बिग्रदो खानपान , बदलिदो जिवन र दिनचर्या , मानिसक तनावले अधिकांस नागरिकमा स्वास्थ्य जटिलता देखिन थालेका छ्न । यिनै कारणले  महिलामा समेत रक्त अल्पता , रक्तचाप , मधुमेह र थाइराइड जस्तो स्वास्थ्य जटिलता उल्लेखनिय रुपमा वृद्धि भएको देखिन थालेको छ । अचेल अधिकांस नव बिबाहित जोडिको पहिलो बच्चा तुहिने वा बच्चाको बिकासमा जटिलता देखिने गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नेपाल जनसांख्यिक  तथा  स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ र नेपाल मातृमृत्यु अध्ययन (NMMS) २०२१ को आधिकारिक तथ्यांक अनुसार, अप्रत्यक्ष कारण तथा नसर्ने रोगहरू ( Non-obstetric complications ) :  कुल मातृ मृत्युमध्ये ३२% मृत्यु गर्भावस्था बाहेकका अन्य रोगहरू ( जस्तै : मुटुसम्बन्धी रोग , मधुमेह , उच्च रक्तचाप ) का कारणले हुने गरेको छ। हाल नेपालमा मातृ मृत्युको यो पहिलो प्रमुख कारण बनेको छ। यस्तै मातृत्व सुरक्षालाई प्रत्यक्ष असर गर्ने अर्को सबैभन्दा ठूलो स्वास्थ्य समस्या ‘रक्तअल्पता’ (शरीरमा रगतको कमी) हो। भौगोलिक रूपमा, पहाड (२०%) र हिमाल (२३%) को तुलनामा तराईका महिलाहरूमा रक्तअल्पताको दर उच्च (४५%) छ।  प्रदेशगत रूपमा हेर्दा, मधेश प्रदेशका ५२% महिलाहरू रक्तअल्पताबाट पीडित छन्।

 हालको बदलिदो जिवनको परिबेशमा महिला र पुरुषमा भित्र भित्रै बिभिन्न स्वास्थ्य जटिलताले घर बनाइ रहेको हुन्छ । तर धेरै जना यि जटिलताबारे शुरुवाति अवस्थामा थाहा पाउदैन्न र अन्जान रहन्छ्न । यस्तै अवस्थामा महिलाले गर्भ धारण गरेपछि गर्भ तुहिने वा अञ स्वास्थ्य जटिलताको सामना गर्नु परिरहेको छ ।  गर्भधारण पछिको चेकजाच वा शरीरमा शुरुवात भैसकेको स्वास्थ्य जटिलताले समस्या हुन थालेपछि मात्र स्वास्थ्य सस्था र चिकित्सक सिम अधिकांस महिला पुगने गरेको चिकित्सक कै भनाइ रहेको छ । विवाह वा गर्भधारणको योजना बनाउनुअघि महिला र पुरुष दुवैले आवश्यक स्वास्थ्य परीक्षण तथा परामर्श लिन सके सम्भावित स्वास्थ्य जोखिम समयमै पहिचान गर्न सकिने कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडे बताउनुहुन्छ । रक्तअल्पता, मधुमेह, उच्च रक्तचाप, संक्रमण तथा अन्य स्वास्थ्य समस्या पहिल्यै थाहा पाए उपचार र व्यवस्थापन गर्न सहज हुने डाक्टर बन्जाडेको भनाइ रहेको छ ।

विशेषगरी महिलाले पोषण अवस्था, मान्सिक अवस्था , अगामि दिनचर्या तथा विगतका स्वास्थ्य समस्याबारे स्वास्थ्यकर्मीसँग परामर्श लिनु महत्वपूर्ण हुन्छ। परिवारमा वंशाणुगत रोगको इतिहास भए त्यसबारे चिकित्सकीय परामर्श लिनु पनि उत्तिकै आवश्यक रहेको चिकित्सकले बताउँछन् ।

sahani furniture udyog

तर धेरै परिवारमा अझै पनि गर्भधारणपूर्व स्वास्थ्य परीक्षणलाई आवश्यक ठानिँदैन। कतिपय महिला गर्भवती भएपछि पनि स्वास्थ्य संस्थामा पुग्दैन्न । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच कम हुनु , आर्थिक अवस्था कमजोर हुनु , जागरुकताको कमी र स्थानीय स्वास्थ्य सस्थामा रहेका स्थानीय  स्वास्थ्यकर्मीबाट  पर्याप्त गोपनीयता नहुने , लाजको अवस्थाले समेत समस्या थपिदै छ । स्वास्थ्य परिक्षण पछि गर्भधारण गरि त्यसपछिका हुने नियमित परिक्षण (ANC ) ले आमा र बच्चा दुबै को स्वास्थ्य राम्रो र सुरक्षित  रहनेमा दुइमत नहोला । 

गर्भधारणपूर्व स्वास्थ्य परामर्श र आवश्यक प्रजनन स्वास्थ्य सेवामा महिलाको पहुँचलाई केवल स्वास्थ्य संस्थाको ‘सुविधा’का रूपमा होइन, अधिकारसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने आवश्यकता रहेको छ । जसरी गर्भधारण पछि प्रसुति सम्मको नौ महिने अवधिमा नियमित हुने ANC लगायत स्वास्थ्य परिक्षण गर्न सरकार र चिकित्सकले अभियान चलाइरहेका छ्न । त्यसै गरि गर्भधारण अघि नै स्वास्थ्य परिक्षण गरि मात्र गर्भधारण गर्न नागरिकलाइ प्रोत्साहन गर्नु पर्ने आवस्यकता देखिन्छ । गर्भधारण अघि गर्नु पर्ने हरेक स्वास्थ्य परिक्षणको बारे चिकित्सक सग परामर्श गरि स्थानीय , प्रदेश , सघिय सरकार लगायत सरोकारवाला निकायले उचित निति ल्याउनु पर्ने आवस्यकता रहेको छ ।  गर्भधारण अघि गर्नु पर्ने सम्पूर्ण चेकजाँचको प्याकेज बनाइ स्वास्थ्य बिमा अन्तर्गत सहज रुपमा परिक्षण गर्न मिल्ने वा नागरिकको स्वास्थ्य सेवा पाउने हक अन्तर्गत निशुल्क ब्यवस्थापन गर्न सके सुरक्षित मातृत्व एवम प्रजन्न  स्वास्थ्यमा ठुलो सहयोग पुग्नेछ । नागरिकलाइ यस बिषयमा प्रोत्साहित र जागरुक गर्न सचारमाध्यमबाट सन्देश मुलक सुचना प्रकाशन र प्रसारण गर्न सकिन्छ । स्थानीय स्वयम सेविका , अमा समुह , सघ सस्थाका प्रतिनिधिलाइ विशेष प्रशिक्षण दीइ समाजमा जनचेतनाका लागि परिचालन गर्न सकिन्छ ।  स्थानीय तहमा बिवाह दर्ता प्रमाणपत्र बनाउदा अनिबार्य स्वास्थ्य परिक्षण गर्नु पर्ने निति अवलमबन गरे समाजमा सुरक्षित  मातृत्व र प्रजन्न स्वास्थ्य को अभियानमा ठुलो टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । 

नेपालमा संबिधानले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानुनी ब्य्वस्था अनुरूप महिलालाई प्रजनन स्वास्थ्यसम्बन्धी सूचना, परामर्श तथा स्वास्थ्य सेवामा पहुँचको अधिकार सुनिश्चित गर्ने आधार दिएको छ। तर पनि यसको प्रभावकारी कार्यान्वयनका भने अझै हुन नसकेको अवस्था कायमै छ । यसको पुर्ण र प्रभावकारी कर्यान्वयन्का लागि स्थानीय तह र स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउदा सेवाग्राहीको गोपनीयता, सम्मानको ख्याल राख्दै सकोच रहित बातवरण र अपन्त्वको भावनाको बिकास गर्नु पर्ने  आवस्यकता छ । 

अब सुरक्षित मातृत्वको अभियानलाई ‘गर्भवती भएपछि जाँच’मा मात्र सीमित नराखी ‘पहिले जाँच, अनि गर्भ’ भन्ने सोच विकास गर्न आवश्यक छ। यसका लागि स्थानीय तह, प्रदेश सरकार र सघिय सरकार ,  स्वास्थ्य संस्था र स्थानीय समुदाय सबैले संयुक्त रूपमा काम गर्नुपर्ने हुन्छ । 

किनकि सुरक्षित आमा र  स्वस्थ शिशुको जन्मको तयारी गर्भ बसेपछि होइन, गर्भ बस्नुअघि नै सुरु हुन्छ। सुरक्षित मातृत्व केवल स्वास्थ्य सग जोडिएको विषय मात्र नभै – यो महिलाको अधिकार, राज्यको दायित्व र समाजको साझा जिम्मेवारी पनि हो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.