रास्वपाका निलम्बित धनुषा सभापति यादवसँग तीन दिनभित्र स्पष्टीकरण माग

0
Quantam abroad studies

रौतहट, कार्तिक ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग विवादास्पद सार्वजनिक अभिव्यक्ति र पार्टी अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।


 प्रदेश समितिले यादवलाई धनुषा जिल्ला पार्टी कार्यालयको साँचोसमेत तीन दिनभित्र बुझाउन भनेको छ।
यादवले सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काविरुद्ध दिएको अभिव्यक्ति र त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीले स्पष्टीकरण माग गरेको हो।
रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहद्वारा हस्ताक्षरित पत्रमा यादवलाई पाँचवटा विषयमा तथ्य र प्रमाणसहित जवाफ दिन निर्देशन दिइएको छ। पत्रमा सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा व्यक्त विचारको उद्देश्य र सन्दर्भ स्पष्ट पार्न तथा एसपी खड्कालाई लक्षित गरी लगाइएका आरोपको आधार र प्रमाण पेस गर्न भनिएको छ।


त्यस्तै, परिवारकी एक महिला सदस्य हराएको घटनामा पदको दुरुपयोग गरी प्रहरीमाथि अनुचित दबाब दिएको भन्ने प्रहरीको दाबीबारे आफ्नो धारणा स्पष्ट पार्न पनि यादवलाई निर्देशन दिइएको छ। प्रहरी कार्यालय घेराउ गर्ने, धम्की दिने वा अनुचित दबाब सिर्जना गर्ने आशयका अभिव्यक्ति दिएको भए त्यसको आधारसमेत खुलाउन पत्रमा उल्लेख छ।

sahani furniture udyog


यादवका सार्वजनिक अभिव्यक्ति पार्टीको विधान, अनुशासन र आचारसंहिताअनुकूल भए–नभएको तथा त्यसबाट पार्टीको प्रतिष्ठामा परेको प्रभावबारे पनि प्रदेश समितिले जवाफ मागेको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा पेस गरिएको जवाफ चित्तबुझ्दो नभएमा विधान र आचारसंहिताअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।


एसपी खड्कामाथि घुसखोरीको आरोप लगाएपछि विवाद
यसअघि जनकपुरधाममा आयोजित रास्वपाको एक सार्वजनिक कार्यक्रममा यादवले एसपी खड्कालाई घुसखोर र दलालको संज्ञा दिँदै उनको सरुवाको माग गरेका थिए। उनले सीमावर्ती क्षेत्रदेखि मालपोत र जिल्ला प्रशासन कार्यालयसम्मका विभिन्न कार्यालयबाट खड्काले घुस लिने गरेको आरोप लगाउँदै कार्यक्रममा उपस्थित सांसदहरूसमक्ष उनको सरुवाका लागि पहल गर्न माग गरेका थिए।
यादवको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एसपी खड्काले जिल्ला प्रहरी कार्यालय धनुषामार्फत सोमवार प्रेस विज्ञप्ति जारी गरेका थिए।


विज्ञप्तिमा प्रहरी संगठन र कार्यालय प्रमुखको व्यक्तिगत मर्यादामा आँच पुग्ने गरी लगाइएका आरोपलाई तथ्यहीन र द्वेषपूर्ण भन्दै खण्डन गरिएको थियो। एसपी खड्काले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै सामाजिक सञ्जालमा अपुष्ट सामग्री प्रसार नगर्न आग्रह गरेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.