

काठमाडौं , एजेन्सी
हिंदी सिनेमा बॉलीवुड चर्चित कलाकार दिलीप कुमार को निधन भएको छ । बॉलीवुडमा ट्रेजडी किंग को नाम बाट चर्चित दिलीप कुमार 98 बर्षका थिए । पछिल्लो केहि दिन देखी ऊनी लगातार बिरामी भएको खबर आइरहेको थियो ।

दिलीप कुमार को आज बिहान 7.30 बजे मुंबई को खार हिंदुजा अस्पतालमा निधन भएको हो । उनको निधन भएको पुष्टि उनको उपचार गरिरहेका डॉ. पार्कर ले गरेका छन् । दिलीप कुमार को निधन ले बॉलीवुडमा शोक छाएको छ।
उनलाई यसै महिना कैयौंपटक अस्पतालमा भर्ना गर्न परेको थियो । उनको निधन संगै बॉलीवुडका कलाकार , फैन , राजनीतिकर्मिले श्रद्धाञ्जली दिनेको लहर नै चलेको छ ।
