
शत्रुघन खरविन्द , असोज ३० , कपिलवस्तु
विजयादशमीको अवसरमा कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा बनाइएका दुर्गा भवानीको प्रतिमा विर्सजन गरिएको छ । कोरोन भाइरास कोभिड –१९ जोखिमा केहि घटेपछि जिल्लाका केही स्थानमा शुक्रवार र केही स्थानमा आज शनिवार बाजागाजाका साथ दुर्गाभवानीकी प्रतिमा नजिकैको जलाशयमा लागी विसर्जन गरिएको छ ।
जिल्लाको गाउँ गाउँ र चौकचौरहमा निर्माण गरिएको मूर्तिको विजयादशमी सम्म मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार धार्मिक संस्कार अनुसार भव्य पुजापाठ गरिएको थियो । जिल्लामा खासगरी मधेशी ,थारु समुदायमा विजयदशमीको समयमा नौ दिनसम्म लागतार व्रत वसी दुर्गाभवानी को मूर्ति निर्माण गरेर विशेष पुजापाठ गर्ने चलन रहेको छ । कपिलवस्तु जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रामघाटमा दुर्गामूर्ति विसर्जन को लागि आज ठुलो भीड (मेला) लागेको थियो । रामघाट वरिपार कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिका भित्र निर्माण गरिएको दुर्गाभवानीको मूर्ति रामघाटमा नै विसर्जन गरिएकोले रामघाटमा आज ठुलो भीड (मेला) लागेको थियो । रामघाट लागएत लक्ष्मणघाट ,बरगदीघाटमा , ईमिलिय पनि भीड लागेको बातइएको छ ।
गाउँ तथा सहरका युवाहरुको सक्रियता र आफुले इच्छयको मोनकामना पुर्ण भएपछि विभिनन ठाउँमा दुर्गा भावनीमो मूर्ति निर्माण गरिएको थियो । मूर्ति विसर्जनको समयमा स्थानीय संस्कृति झल्किने किसिमको महिलाहरुको विशेष प्रमपारगत गीतको प्रस्तुती तथा युवाहरुको नृत्यका साथ बाजागाजा सहति हजारौँको भीड रहेको थियो । पछिल समयमा प्रमपारगत धर्ममा अधुनीक बाजागाजाको गीतले विभिन्न किसिमको विकृतिहरु ल्याएको प्रति धर्मप्रति आस्थ राख्नेहरुले चिन्त व्यक्त गरेका छन ।मूर्ति विसर्जन तथा शान्तिसुरक्षा कायम गर्नको लागि जिल्लाबाट प्रहरीहरुको पनि विशेष सक्रियता रहेको थियो । रामघाट लागयत अन्य सबै ठाउँमा शान्तिपूर्ण तरिकाले मूर्ति विसर्जन भएको छ ।

त्यसैगरी कृष्णनगरमा विशेष सुरक्षको साथ शान्तिपूर्ण तवरले दुर्गा मूर्ति विसर्जन गरीएको छ । गएको वर्ष कृष्णनगरमा मूर्ति विसर्जन को क्रममा दुई समुह विचा सामान्य विवाद हुदाँ मुर्ति विसर्जन गर्न समस्य हनुको सथै अप्रिया घटान पनि घाटेको थियो । त्यही विवाद फेरी यो वर्ष दोहिरनदिन कृष्णनगरमा दुर्गा मूर्ति बिसर्जन गर्नको लागि शान्ति सुरक्षाको लागि विवाद हुने गरेको क्षेत्रमा सिसिटिभी क्यामरा थप गरी निगरानी बाढइएको थियो । पुराना घटनाको अध्ययन गरी मुख्य संवेदनशील मानिएका क्षेत्रमा डिजिटल प्रविधि बाट निगरानीमा राखिएको थियो । उत जिल्लामा दुर्गा भवानीको मूर्ती विसर्जनको अवधिभर कुनै पनि अप्रिया घाटन नघाटोस् भन्ने उद्देश्यले ४८ घण्टालागि मदिरा विक्रीमा रोक लगाइएको थियो ।
बडादशैँ (दशहरा) को अवसरमा दुर्गा भवानीको मूर्ती विसर्जनको अवधिभर कपिलवस्तु जिल्लाको शान्ति, सुरक्षा तथा व्यवस्था कायम गर्नको लागि असोज २८ गते साँझ ६ वजेदेखी ३० गते साँझ ६ वजे सम्म जिल्लामा सबै प्रकारका मदिराहरु बिक्रीबितरणमा पूर्णरुपमा रोक लगाईएको थियो । मायादेवी गाउँपालिकामा पनि दुर्गाभवानीको मूर्ति हर्षोल्लासका साथ विसर्जन गरीएको थियो ।


