मानव जीवनका लागि योग साधना तथा आयुर्वेद औषधि बढी प्रभावकारी बन्दै .

0
Quantam abroad studies

अजय बर्मा ,कपिलबस्तु बैशाख २
कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले बिहिबार महाराजगन्ज नगरपालिकाको समन्व्यमा महाराजगन्ज नगरपालिका वडा नं. ५ का नागरिकका लागी उदयपुर स्थित श्री राम दुलारी आधारभुत बिद्यालयमा स्वास्थ्य प्रबर्द्धन कार्यक्रमको आयोजना गरेको छ । आयुर्वेदको महत्व र बिशेषता बुझाउने र घरघरमा रोगिलाई निरोगि र निरोगिलाई रोग लाग्न नदिने उद्धेश्यका साथ बिगत लामो समयदेखि सेवा दिदै आएको कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले महाराजगन्ज नगरपालिका वडा नं. ५ को समन्यवमा यस क्षेत्रमा बसोबास गर्ने जेष्ठ नागरिकहरुको स्वास्थ्यमा ध्यान दिदै शिविर संञ्चालन गरेको हो ।

कार्यक्रमको पहिलो दिन मा १ सय ७० जना जेष्ठ नागरिक को स्वस्थ्य जाँच, बिपि जाँच, ब्लड ग्लुकोज जाँच, बि एम आइ इत्यादि जाँच गरेको छ । चेकजाँचका क्रममा १५ जना मधुमेह र २५ जना बढी रक्तचापका बिरामी भेटिएका छन् भने रसायन औषधि , रोग संग लड्ने तथा क्षमता अविबृधी गर्ने औषधी समेत बितरण गरेको हो ।

sahani furniture udyog

मानव जीवनका लागि योग साधना तथा आयुर्वेद औषधि बढी प्रभावकारी बन्दै गएको अवस्थामा जनस्तरमा समेत आयुर्वेद शिक्षाको प्रशारण गरिनुपर्ने भएकाले महाराजगन्ज नगरपालिकामा आयुर्वेद सेवा प्रदान गर्न का लागी कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रले यो कार्यक्रम सन्चालन मा ल्याएको हो । स्वस्थ्य प्रबर्द्धन कार्यक्रमसंगै महाराजगन्ज नगरपालिकामै विद्यालय शिक्षा कार्यक्रम पनि सन्चालन गर्दै आएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख तथा आयुर्बेद चिकित्सक प्रवेश श्रीवास्तवले बताउनु भएको छ ।

महाराजगन्ज नगरपालिकामा आयुर्वेद सेवा कार्यालय नरहेकाले यस्ता कार्यक्रमहरु १५÷१५ दिनमा सन्चालन हुने साथै योग सिबिर र आयुर्वेद एवम स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखिकरण जस्ता कार्यक्रम सन्चालनमा ल्याउने महाराजगन्ज नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छेदी प्रसाद कुर्मीले बताउनु भयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.