
उत्तमकुमार थापा , बझाङ
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।
जिल्ला जनगणना कार्यालय राखेपछि दाेस्राे चरणमा विभिन्न स्थानीय तहमा स्थानीय जनगणना कार्यालयकाे स्थापना गरिएको हाे । बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका चैनपुर ,केदारस्यु गाउँपालीकाकाे देउरा,तलकाेट गाउँपालीकाकाे खाैला बुङ्गल नगरपालिकाकाे खिरातडी मा स्थानीय जनगणना कार्यालय स्थापना गरेकाे जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिह धामीले बताए ।

जिल्लामा यहीँ बैशाख १ देखि लागू हुने गरि जयपृथ्वी नगरपालिकामा बल बहादुर महतरा , केदारस्यु गाउँपालीकामा अञ्जु गिरी, बुङ्गल नगरपालिकामा धुर्वराज जाेशी र तलकाेट गाउँपालीकामा नन्दराज जाेशीलाई स्थानीय अधिकारीकाे नियुक्ति दिई कार्यादेश दिएकाे जानकारी जिल्ला जनगणना अधिकारी धामीले जानकारी दिनुभयो ।
उनले भने अागामी बैशाख १३ अघि नै सबै स्थानीय जनगणना कार्यालयमा एक दिने स्थानीय सचेतना गाेष्ठी सञ्चालन गर्नुपर्ने छ भने, राष्ट्रिय जनगणना २०७८ काे सञ्चालन दुई चरणमा गरिने भएको हाे । पहिलाे चरणमा यहि बैशाख २६ देखि जेट १४ सम्म सुपरिवेक्षकद्वारा घरपरिवारकाे सुचिकरण फार्म लिएर पत्यक परिवारमा पुगि अक्सर बसाेवास, गरेका पुरुष, महिला र अन्य लिङ्गी ,परिवार बाट विदेश अनुपस्थित स्वदेश अनुपस्थितकाे सँख्या कृषि विवरण सरकारी अनुदान बाट घर निर्माण परिवारकाे सदस्यकाे बैक खाता ,प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम र बैक वितिय सँस्थावाट लिएकाे विवरण सँकलन गरिने छ । त्यस्तै दाेस्राे चरणमा गणकद्वारा प्रत्येक घरमा पुगि जनसंख्याकिक तथा अन्य विवरण सँकलन कार्य रहेको छ । ,
विभिन्न स्थानमा बैशाख १६ देखि २२ सम्म सुपरिवेक्षक र जेट १७ लेखी २२ सम्म गणकको तालिम सञ्चालन हुनेछ भने, केन्द्रीय तथ्यांक विभागले अषाढ ८ गते जनगणना दिवस बनाइ जनगणनाकाे स्थलगत कार्य समाप्त हुने कुरा जनगणना अधिकारी दिपेन्द्र सिह धामीले जानकारी दिनुभएको हाे ।

