

उत्तमकुमार थापा , बझाङ
थलारा गाउँपालीकाे बादी समुदायमा अाज राहत वितरण गरिएको छ ।
जिल्लाकाे थलारा गाउँपालीका वडा नम्बर पाचमा रहेका बादि समुदायहरुलाई रुपान्तर नेपालकाे अार्थिक सहयाेगमा एचसिएम नेपाल र निकाेस चर्च बझाङकाे समन्वयमा राहत वितरण गरिएको हाे ।
थलारा गाउँपालीकाकाे वडा नम्बर पाचमा एक कार्यक्रमका विच गाउँपालीका उपाध्यक्ष गङ्गु कडायतकाे नेतृत्वमा गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम अाेली पास्टर मदन एसके अगुवा रवीन्द्र दमाईले राहत हस्तान्तरण गर्नु भएको थियाे ।
पछिल्लो समय काेभिड १९ ले गर्दा देश भरि लकडाउन सँगै बझाङमा पनि लकडाउन भएको भन्दै विषेश गरि बादिहरुलाई समस्या खान समस्या हुने गरेकाे हुदा सबै लाई एक कट्टा चामल दाल ,तेल नुन सेनेटाईजर ,माक्र्स लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको पास्टर मदनले बताए । उनले भने अहिले देशकाे स्थिति भयावह भएको बताउदै सबैलाई सचेत रहन पनि अनुराेध गर्नुभएको हाे ।
थलारामा रहेका बादी समुदायहरुलाई खाद्यान्न हस्तान्तरण गर्दा निकै खुसि देखिएका थिए , यसरी दुख कष्ट परेको समयमा बादि समुदाय लाई राहत दिएकाे बताउदै सारदा बादिले भने, तपाईं भगवान अाएजस्तै लाग्छ । तर पास्टर मदनकाे टाेलीले निरन्तर सामाजिक कार्य गर्दै अाउनु भएको थियाे भने ,अघिल्लो लकडाउनमा पनि जिल्ला भरी राहत वितरण गरिएको रविन्द्र दमाइले बताए ।
