

उत्तमकुमार थापा , बझाङ
जिल्ला ट्राफिक कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बझाङ जिल्लाकाे सिमखेतमा रहेको जिल्ला ट्राफिक कार्यालय लाई काेभिड १९ बाट बच्न आज एक कार्यक्रमका विच निकाेस चर्च बझाङका पास्टर मदन एस्के तथा अगुवा रविन्द्र परियारकाे नेतृत्वमा ट्राफिक प्रमुख चक्र बहादुर मल्ललाई हस्तान्तरण गरिएको हाे ।

जिल्ला ट्राफिक कार्यालय चेक पाेष्ट सिमखेतमा पुगेर पाष्टर मदनकाे टाेलीले चाैविसै घण्टा सुरक्षामा खटिने प्रहरीलाई माक्र्स ,सेनेटाईजर चाउचाउ गुलकाेज लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको विजय थापाले बताए । काेरना कलहका विच सबैलाई सचेत रहन अाग्रह गर्दै लकडाउनकाे पुर्ण पालना गर्न ट्राफिक प्रमुख मल्लकाे भनाइ छ । अन्य सँसस्था लगाएतले सहयाेग गर्ने बताउदै अाउने जाने सवारी साधनहरुकाे पास भए जान अाउन पाईने तर भिडभाड गर्न नमिल्ने बताए ।
अाजै एक कार्यक्रमका विच सदरमुकाम चैनपुरमा रहेको बादी समुदायलाई पनि खाद्यान्न लगाएत तेल नुन सावुन ,माक्र्स सेनेटाईजर हस्तान्तरण गरिएको हाे ।
