

जनता समाजबादी पार्टी नेपालको लुम्बिनी प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरु संगको बैठक अाज बसी ब्यापक छलफल पश्चात निम्न निष्कर्षका साथ सम्पन्न ।
१- यतिबेला काेभिड महामारिबाट सिङ्गाे मानव जगतकाे जीवन अस्तब्यस्त हुनुकाे साथै ठुलाे मानबिय क्षति भएकाे छ । याे अवस्थामा पार्टीका सबै कमिटिहरु स्थानिय स्तरमा स्वास्थ्य सतर्कता अपनाउदै , संभव भए सम्म राहात उपलब् गराउने , उद्दार उपचारमा सहयाेग गर्ने र सम्बन्धित निकायमा पहल गर्न सम्पूर्ण पार्टी समिति , पार्टीका जनवर्गीय संघ ,संगठनलाई परिचालन गर्ने।
२- पार्टी भित्र देखिएकाे बर्तमान समस्या राजनैतिक र बैचारिक नै हाे, यसका साथै अग्रगमन र पश्चगामीहरुको लडाई हो , सरकारको असंवैधानिक , अलोकतान्त्रिक र प्रतिगामी कदम विरुद्धको लडाई नै हो तसर्थ पार्टीको गन्तव्य समुन्नत सङ्घीय समाजबादकाे लक्ष्य हासिल गर्न बर्तमानमा प्राप्त उपलब्धि काे रक्षा गर्दै अगाडि बढ्नु हाे । त्यसकाे लागि प्रतिगामि यथास्थिति बादिहरु बिरुद्दकाे लडाई अाजकाे पहिलाे अावस्यकता हाे।
३- प्रधानमन्त्री केपि अाेलि र राष्ट्रपतिका हालका कदमहरु प्रतिगामि र प्राप्त उपलब्धिका बिरुद्ध रहेकाले त्यसका बिरुद्द केन्द्रीय स्तरमा जस्तै जिल्ला र स्थानिय तहमा समेत बिपक्षी गठबनधनकाे माेर्चा सशक्त बनाएर जाने । प्रतिगमनका बिरुद्द सँयुक्त र एकल सँघर्षका कार्यक्रम जारी राख्ने।
५- जिल्ला समन्वय समितिले जिल्ला स्तरका जन वर्गिय सँगठन र स्थानिय तह र वार्ड समितको संभव भए सम्म बैठक बस्ने नभए जुम र गुगलमिट मार्फत बैठक बसि सम्पुर्ण पार्टी कमिटीलाई चलायमान बनाउने र सँगठनकाे काम प्रभावकारी रुपमा अगाडि बढाउने ।
६- पार्टी भित्र देखिएकाे विबादको मुख्य कारण पार्टीको सम्पुर्ण संघ संगठनका सदस्यहरु संग छलफल गरि प्रष्ट पार्ने र प्रतिगमनकारीहरु सँग सम्झौता गरी मिलिजुलि बाडिचुडि खान गएका महन्थ ठाकुर राजेन्द्र महतो लगायत पुर्व राजपाका केही अवसरवादी नेताहरुको प्रबृति वारे स्थानिय तहसम्म प्रस्ट पार्दै भ्रमहरु चिर्दै जाने ।
७. जनता समाजवादी पार्टी ,नेपाल नेपालको बैकल्पिक शक्ति को रुप धारण गरेकोले अन्य पार्टीका सदस्यहरुलाई धुर्विकृत हुन अाह्वान गर्ने ।
