अत्यावश्यक समाग्री गाउँ टोलमा सरकारले उपलब्ध गराओस हामी बाजार जादैनौ गुनासो

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तुमा लामो समय देखि निषेधाज्ञा जारी रहेकोछ। यो निषेधाज्ञामा गरीब असहाय अतिविपन्न तथा मजदुर वर्गहरुलाई निकै समस्या भइरहेको छ। कपिलवस्तुको दणिक्ष पश्चिममा रहेको कृष्णानगर नगरपालिकामा पनि लामो समय देखि जारी रहेको निषेधाज्ञाको असर निकै परेकोछ। दैनिक ज्याला मजदुरी, चिया पसल,पान पसल तथा सड़क को किनारामा साना साना‌ पसल दिन भरि संचालन गरि दुइ पैसा कमाएर आफ्नो परिवारको लागि दुई छाकको ब्यवस्था मिलाउदै आएका ती ब्यक्तिहरुको छाक आज भोलि कसरी पुगे होला?

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार बिहाना ९ बजे देखि दिउँसो १बजे सम्म अत्यावश्यक समाग्रीको पसल खोली बिक्री गर्न सकिन्छ र बिरामीहरुको उपचारकों लागि आवत जावत गर्न मिल्छ। कृषणनगर नगरपालिकामा १२ वडा वडाहरु छ र दुईटा ठुला बाजार कृष्णानगर र बहादुरगंज अधिकांश आम जनतालाई अत्यावश्यक समाग्री किन्न व उपचार गराउनको लागि यी दुई ठाउँमा जानुपर्छ कृष्णानगर को भौगोलिक दुरी लगभग २० किलोमीटरमा रहेको छ यदि कसैलाई ९ बजे देखि १बजेको बीचमा सामाग्री किन्न पर्यो भने मोटरसाइकल व साइकलको प्रयोग गरेर मात्रै बाजार सम्म पुग्न सम्भव रहेको छ ।

आम सर्वसाधारणले मोटरसाइकल व साइकल प्रयोग गरेर बाजार सम्म जान खोज्दछन भने ठाउँ ठाउँ चोक चोकमा कृष्णानगरका पुलिस प्रशासन ले लाठी देखाइ बीच बाटोमा रोकी मोटरसाइकलको सांचों खोसेर मोटरसाइकल नियन्त्रणमा लिएर दुख दिने काम गरि रहेको छ। हामीलाई चाहिएको बिउबिजन, मलखाद्य तथा हाम्रो घरमा प्रयोग हुने अत्यावश्यक समाग्रीहरु हाम्रै गाउँ टोलमा सरकारले उपलब्ध गराओस हामी बाजार जादैनौ भन्दैै स्थानियहरुले गुनासो गरेका छन।

sahani furniture udyog

कोभिड१९ को नयाँ भेरियन्ट नेपालमा आएको र कृष्णानगर नगरपालिकामा बैशाख १९गते देखि हालसम्म ६९जना पिसीआर परिक्षणमा संक्रमित र ७३ जनाको एन्टीजेन परिक्षणमा संक्रमित भेटिएका छन। जसमध्ये ४३ जना स्थानि ब्यक्ति र २० जना अर्कै जिल्लाका ब्यक्ति रहेका थिए।कृष्णनगर स्थानियका जम्मा ११२ जना संक्रमित मध्ये ८ जना को मृत्यु र १०८ जना निको भएर घर फर्किएका छन।

कृष्णनगर नगरपालिकाले संचालन गरेको आइसोलेशन सेन्टरमा आजको दिनमा संक्रमित ब्यक्ति नरहेको शिवराज अस्पताल बहादुरगंजका अनमी गीता कुमारी भट्टले बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.