सैनामैनामा लागू औषध सहित ३ जना पक्राउ

0
Quantam abroad studies

दीपक जैसवाल , जेठ २० गते
रुपन्देहीको सैनामैना नगरपालिकामा ३ जना खैरो हेराईन लागू औषध सहित पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा बुधवार विहान खैरो हेरोईन सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । सैनामैना नगरपालिका वडा नं. ६ का २८ वर्षीय सुरज बलाल ९० मिलिग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन भने सोही स्थानकै निर्मल पोख्रेल ३ मिलिग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन ।

त्यस्तै कपिलवस्तु नगरपालिकाका–९ का ३० वर्षीय बदरुज्मा खाँ लाई पनि सोही स्थानबाट पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय सालझाण्डीबाट खटिएको प्रहरीले उनीहरु तिनै जनालाई बुधवार विहान ७ बजे कलौनी घरबाट नै पक्राउ गरेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.