

उत्तमकुमार थापा , बझाङ
नेकपा माअाेवादी केन्द्र र अखिल भारत एकता मञ्चकाे अार्थिक सहयाेगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जिल्लाकाे मष्टा गाउँपालीकामा रहेका विभिन्न बस्तीमा गएर अाज बाट शिविर सञ्चालन गरिएको हाे । गाउँपालीकाकाे वडा नम्बर १ देखि ७ सम्मका विभिन्न बस्ती घरघरमा पुगेर निशुल्क अाैषधि सहित स्वास्थ्य शिविर सञ्चालन गरिएको रामचन्द्र राेकायाले बताए ।

पहिलाे दिनमा १८० जनाले सेवा लिएका छन भने ५०० सय जनाले माक्र्स पाएकाे रेश खड्काकाे भनाइ छ । पहिलाे दिनमा सेवा दिन मष्टा गाउँपालीका स्वास्थ्य प्रमुख लगाएत डाक्टर भिम बहादुर बाेहरा रमेश कामी रविन्द्र बाेहरा रमेश खड्का लगाएतका डाक्टरहरु शिविरमा सेवा दिदै अाएका छन ।
शिविर मष्टा गाउँपालीका नेकपा माअाेवादी केन्द्रका अखिल भारत एकता मञ्चमा अावद्व बिदेशी दाजुभाइ दिदीबहिनीहरु र नेता शिवराज जाेशी लगाएत धेरै स्थानीय सहयाेगी हातहरुका अार्थिक सहयाेगमा सञ्चालन भएको हाे। शिविरमा गाउँघरका बुढाबुढीहरु भन्छन हामीले बजार जान सक्दैनाै हाम्रो घरघरमा शिविर ल्याउने माअाेवादीलाई धन्यवाद दिन चाहादै सहयाेग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । रामचन्द्र राेकायाकाे सँयाेजगत्वमा नेता शिवराज बाेहरा रेश खड्का प्रकाश अाेखेडा रविन्द्र बाेहरा भरत अाग्रि लगाएतले सहयाेग गरिरहनु भएको छ ।
