रुपन्देहीका १६ स्थानीय तहको अध्यक्षमा तीन दर्जन आकांक्षी

0
Quantam abroad studies

बुटवल, ८ कात्तिक
वडा तहमा सर्वसम्मत नेतृत्व निर्माण गरी एकताको सन्देश दिएको एमालेलाई स्थानीय तहको नेतृत्व चयन सकसपूर्ण बन्न थालेको छ । पार्टीका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका अधिकांश स्थानीय तहमा नेतृत्वका लागि आकांक्षी धेरै हुँदा मिलाउन सकस परेको हो ।

एमालेको स्थानीय तहको अधिवेशन मंगलबार हुँदैछ । रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिकासहित १६ स्थानीय तहमा आकांक्षीहरू यतिबेला आफ्नो पक्षमा लबिंग गरिरहेका छन् । नगर अध्यक्षका लागि बुटवल उपमहानगरपालिकामा ६ जना आकांक्षी छन् । वर्तमान नगर अध्यक्ष बाबुराम पन्थीले फेरि सोही पदमा दोहोरिने इच्छा देखाएका छन् । यस्तै पूर्वनगर अध्यक्ष ज्ञानप्रसाद अर्याल, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्षसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेलका स्वकीय सचिव यम पाण्डे, हालका नगरसचिव किसन ज्ञवाली, नगरसदस्य केशव पन्थी र राजेन्द्र ढकाल पनि आकांक्षी रहेका छन् ।

तिलोत्तमा नगरपालिकामा नगर अध्यक्षका लागि मिनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री बिश्वकर्मा, तामनाथ पाण्डेले लबिङ गरिरहेका छन् । हालका नगर कमिटी अध्यक्ष मोहन चापागाईले भने सोही पदमा दोहोरिने इच्छा देखाएका छैनन् । उनी जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख समेत हुन् ।

सिद्धार्थनगर नगर कमिटीको अध्यक्षका लागि ध्रुव अधिकारी, थानेश्वर पौडेल र चक्रबहादुर थापाले दावी प्रस्तुत गरेका छन् । वर्तमान नगर अध्यक्ष रहेका चोपलाल आचार्य फेरि दोहोरिने मनस्थितिमा छैनन् ।

sahani furniture udyog

देवदह नगरपालिकामा नगर कमिटी अध्यक्षका लागि चार जना आकांक्षी देखिएका छन् । हालका अध्यक्ष प्रकाश अर्यालले फेरि दोहोरिन खोजेका छन् भने टीकाराम चापागाईले पनि दावी प्रस्तुत गरेका छन् । उनी यसअघिको स्थानीय निर्वाचनमा नगर प्रमुखमा थोरै मतले पराजित भएका थिए । यस्तै विष्णु पौडेल र गुमानसिंह कुँवरले पनि देवदह नगर कमिटी अध्यक्ष बन्न लविङ गरिरहेका छन् ।

सैनामैना नगर कमिटी अध्यक्षका लागि बाहालवाला नगर अध्यक्ष नारायण न्यौपानेसँगै शालिकराम भण्डारी र जीवनाथ पाण्डेले दावी पेश गर्ने मनस्थिति बनाएका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा नगर अध्यक्षमा वर्तमान अध्यक्ष रामचन्द्र यादवले नदोहोरिने सोच बनाएका छन् भने प्रेस चौतारीका पूर्वकेन्द्रीय सदस्य समेत रहेका वीरेन्द्रकुमार मिश्र, निसाहर अहमद खाँ, जगदीश यादव, विनोद कहार अध्यक्ष पदका दावेदार छन् ।

कन्चन गाउँपालिकामा वर्तमान अध्यक्ष भरतमणि सापकोटा नै अध्यक्ष हुने निश्चित भइसकेको छ । अन्यले हालसम्म आकांक्षा देखाएका छैनन् । गैडहवा गाउँकमिटी अध्यक्षमा विद्यार्थी नेता सन्दिप गुप्तासँगै भुवन राना, नगेन्द्रप्रताप कुर्मी अध्यक्षका आकांक्षी देखिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.