डेढ अर्बको भ्यु टावर : निर्माण अवधि सकिन दुई महिना बाँकी, काम जम्मा ५० प्रतिशत

0
Quantam abroad studies

झापा, २२ कात्तिक
दमक-३ मा बन्दै गरेको भ्यु टावरको चर्चा राष्ट्रियस्तरमा छ । पूर्वप्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा डेढ अर्बभन्दा बढी लगानीमा बन्दै गरेको भ्यु टावरमा ओलीको विशेष चासो थियो । त्यसकारण पनि दमकको भ्यु टावर राष्ट्रिय चर्चाको विषय भन्यो ।

कोरोना महामारीका कारण जारी पहिलो लकडाउनमा झापाका सबै आयोजना काम ठप्प हुँदा समेत दमकको भ्यु टावर निर्माण रोकिएन । लकडाउनमा पनि काम नरोकिएको आयोजनाको काम भने सम्झौता गरिएको मितिमा नसकिने निश्चित भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने म्याद दुई महिना मात्र बाँकी रहँदा भ्यु टावर निर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरले जनाएको छ । एक सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणको म्याद २७ पुस २०७८ सम्म मात्रै छ । तर, काम भने ५० प्रतिशत मात्र सकिएको सघन सहरी तथा भवन निर्माण कार्यालय भद्रपुरका प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए । भ्यु टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशिष र ओम साईराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कोरोनाकालमा धमाधम काम गरे पनि कोरोना कै कारण भ्यु टावरको काम समयमा नसकिएको खतिवडा बताउँछन् । ‘कोरोना महामारीका कारण भ्यु टावर निर्माणको काम समयमै सकिएन । अहिले सातौँ तलाको निर्माण भइरहेको छ,’ उनले भने, ‘विभागले म्याद थप्ने हो । एक वर्ष जति थपिएला कि ! कोरोनाका कारण निर्माणमा समस्या आएको हो । एक वर्ष थपिनु उचित नै हुन्छ ।’ कोरोना कालमा काम भए पनि त्यसले गति लिन नसकेको उती बताउँछन् । ‘कोरोनाले लकडाउन भएको समयमा काम त भयो । तर, मजदुर नपाउने, भनेको बेलामा निर्माण सामग्री नपाउने समस्याका कारण कामले गति लिन सकेन,’ उनी भन्छन्, ‘यद्यपिऽ अहिले धमाधम काम भइरहेको छ ।’

sahani furniture udyog

सघन सहरी तथा भवन निर्माण कार्यालयले महामारीको समयमा मजदुरको अभाव भएको बताए पनि भ्यु टावर निर्माणस्थल छेउकै सुकुम्बासी भने आफ्नै आँगनमा भ्यु टावर निर्माण हुँदा पनि रोजगारी नपाएको गुनासो गर्छन् । बाहिरका मान्छे ल्याएर काम गराएर आफूहरुलाई रोजगारी पनि नदिएको सुकुम्बासीको गुनासो छ । ‘घरै छेउमा यति ठूलो भ्यु टावर बन्दै छ । तर, हामी काम खोज्न बाहिर जानुपर्‍यो,’ उनी भन्छन्, ‘लकडाउनमा पनि घरमै बस्यौँ । तर, भ्यु टावरमा हामीलाई काम दिइएन । यस्तो पनि कहीँ हुन्छ ?’

घर छेउमा पर्यटक ल्याउनका लागि एक सय मिटर अग्लो भ्यु टावर निर्माण हुँदैछ । तर, सुकुम्बासीको मन खुसी छैन । सुकुम्बासीलाई त्यहाँबाट उठ्नु पर्ने हो कि भन्ने चिन्ता छ । ‘यहाँ त होमस्टे बन्छ रे ! कतिले त यहाँबाट तिमीहरु हट्नुपर्छ पनि भन्दैछन्,’ सुकुम्बासी भीमकुमारी विक भन्छिन्, ‘हामी त ऐलानीमा बसेको । अलिअलि माटो त भ्यु टावरमा गयो ।

आँगनमा भ्यु टावर बनेर के गर्नु हामीलाई हटायो भने त समस्या हुन्छ । कहाँ गएर बस्नु । त्यसकारण हामी खुसी छैनौँ ।’

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.