नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले बढ़ाए हाथ :- किफायतुल्ला

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
नेपाल र भारत बीचको सम्बन्धलाई अझै निकटता प्रदान गर्नको लागि दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले नेपालका जनता संग निरन्तर छलफल गर्नाको लागि समय समयमा आफ्नो प्रतिनिधी मंडल पठाउदै गरेका छन। नेपालमा रहेको राष्ट्रीय वल्मा काउन्सिल नेपाल तथा इत्तेहादका पदाधिकारीहरु संग समन्वय गरि शिक्षा तथा स्वास्थ्यमा पछाडिएको क्षेत्रहरुमा सहयोग गर्दै आएका छन।

यसै क्रममा गुलाम मुस्तफा रजवी कपिलवस्तु, अब्दुल कय्युम रजवी बर्दिया,मौलाना अली हुसैन नुरी बांके हाजी नसीर अहमद समाजिक कार्यकर्ता नेपालगंजको टोली मरकजे अहल-ए-सुन्नत बरेली शरीफ पुगेका थिए। उक्त टोली लाई मरकजे अहल ए सुन्नत बरेली शरिफ तथा टी.टी.एस संस्थाले भव्य स्वागत गरि सम्मानित समेत गरेका थिए।

इत्तेहाद नेपालका अध्यक्ष किफायातुल्लाह खां अनुसार दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले लामो समय देखी नेपाल र भारत बीचको धार्मिक सम्बन्धलाई बलियो बनाउन खोज्नु भएको थियो । जसले गर्दा उहाँले गत वर्ष नेपालमा एउटा प्रतिनिधि मण्डल पठाएर नेपालको आर्थिक सामाजिक धार्मिक स्थिति बारे जानकारी लिएका थिए।

नेपालको नागरिकहरु पिछडिएकोले राष्ट्रिय वल्मा काउन्सिल नेपाल तथा इत्तेहाद नेपालसंग समन्वय गरी नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले हाथ बढाएको उहाँले बताउनु भयो । केही दिन‌ पहिला उक्त दरगाहको आयोजनामा इत्तेहादे उलमा ए हिन्द व नेपाल कान्फ्रेंस गरि नेपालका वल्मा तथा सामाजिक कार्यकर्ताहरुको उपस्थितीमा नेपालको शिक्षा स्वास्थ्य तथा गरिब पिडीत असहाय परिवार लगाया विभिन्न विषय बारे जानकारी प्राप्त गरि आउने दिनमा नेपालसंग बलियों सम्बन्ध बनाउनाको लागि कान्फ्रेंसको माध्यमले ठुलो योजना बनाएको र हालको दिनमा राष्ट्रीय वल्मा काउन्सिल नेपाल तथा इत्तेहाद नेपालको पहलम दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँको प्रतिनीधी मण्डल नेपालमा पुगेको र नेपालका वल्माहरुले भव्य स्वागत गरेका छन।

लामो समय देखी नेपाल र भारत बीचको धार्मिक निकटता गुमिएको जस्तो अनुभुती हुँदै आएको थियो तर उक्त सम्मेलनले सो सम्बन्धलाई पुनः जीवन प्रदान गरेको छ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.