
कपिलवस्तु , माघ १५
अखिल नेपाल पिछडावर्ग महासंघ (OBC) को कपिलवस्तु जिल्ला कार्य समिती गठन भएको छ । कपिलवस्तुको तौलिहवा स्थित एमाले पार्टी कार्यालयमा भएको भेलाबाट कार्यसमिति गठन गरिएको हो ।
भेलामा उपस्थित मध्ये जेष्ठ सदस्य राम असिस चाइको अध्यक्षता , महासंघका केन्द्रीय सदस्य अभिषेक यादव को प्रमुख आतिथ्यता , लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पशुपति यादवको बिशिस्ट आतिथ्यतामा र एमाले नेता हरिहर पौडेलको आतिथ्यतामा कार्यक्रम नेकपा (एमाले ) पार्टी कार्यालय तौलिहवामा सम्पन्न भएको छ ।
उक्त भेलाबाट अध्यक्षमा संतोष मल्लाह , उपाध्यक्ष अंग्रेज चौधरी , सचिव सुकदेव प्रसाद यादव , उपसचिव राम असिस चाई, उपसचिव उर्मिला मल्लाह, सदस्यहरू राम असिस भर , राजकुमार चाई, अरुन कुमार चाई, जयप्रकाश साहनी, पुन्य वासी जयसवाल, मिना कुमारी चाई, जय राम तेली, इसलावाती कुर्मी चयन भएका छन् ।

उक्त कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष पशुपति यादवले पिछडा बर्गको अधिकार नेकपा एमाले ले मात्र सुनिश्चित गर्ने बताउदै अखिल नेपाल पिछ्डा बर्ग महासंघ एमालेको मेरुदण्ड बन्ने समेत बताए । यसैगरी महासंघका केन्द्रिय सदस्य अभिषेक यादवले नव निर्मित कार्य समितीलाइ बधाई दिदै वडा स्तरमा संगठन बिस्तार गर्न आह्वान गरेका थिए ।
कार्यक्रममा प्रशासनको आदेश बमोजिम २५ जना मात्र उपस्थित भइ सम्पन्न गरिएको एमाले नेता हरिहर पौडेलले बताएका छन् । कार्यक्रममा नव गठित कार्यसमितिका पदाधिकारीलाइ पौडेलले सपथ ग्रहण समेत गराएका थिए ।

