यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु हो : अध्यक्ष लिङ्देन

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
कांग्रेस,एमाले र माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आरोप लगाएका छन्। कांग्रेस, एमाले र माओवादीले पटक-पटक देश विकासको नेतृत्व गर्ने अवसर पाएको तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ। अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौतीसमेत दिएका छन्। उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए।

कपिलवस्तुको बाणगंगास्थित बुद्धरंगशालामा राप्रपा कपिलवस्तुले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गर्नुभएको हो । अध्यक्ष लिङ्देनले यी तीन प्रमुख राजनितिक दललाई निर्वाचनमा जिताएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु सरह भएको बताउनुभएको छ ।

अध्यक्ष लिङ्देनले यस्ता राजनितिक दललाई फेरी पनि सत्तामा पुर्याउनु देशलाई बर्बादीको दिशातर्फ उन्मुख गराउनु भएको बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै उहाँले राप्रपाका उम्मेद्वारलाई जिताउन अपिल समेत गर्नुभएको छ । राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै अध्यक्ष लिङ्देनले जनताका लागी अहित कुनै पनि काम नगर्ने बताउदैं राप्रपा रोजेकालाई कहिले पनि पछुताउने दिन आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

sahani furniture udyog

उक्त कार्यक्रममा शिवसेना नेपाल कपिलवस्तु अध्यक्ष भिष्म राज ढुंगाना, उनका समर्थक लगायत विभिन्न पार्टी परित्याग राहुल मोदनवाल, सुनिल मोदनवाल लगायत गरि लगभग एक हजार जना बढीे राप्रपामा प्रवेश गरेका छन् । कार्यक्रममा अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्षध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायत अन्यले सम्बोधन गरेका थिए । अब कपिलवस्तुमा राप्रपा थप मजबुत बनेको भिष्म राज ढुंगाले दाबी गर्नुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.