
एस एम न्युज , पुष १५
कृष्णनगर नगरपालिका वडा नं. ९ को वडा कार्यलयले सूचना निकाली बाटोको अतिक्रम हटाउन अनुरोध गरेको छ ।
यहीँ १४ गते वडाको बैठक बसि वडाको आ.व. ०७९/०८० को वडा स्तरिय बजेट अंतरगत रहेर वडामा पर्ने बहादुरगंज बजारको पश्चिममा रहेको पूरानो सडक ( महेन्द्र प्रा.वि देखि उत्तर तर्फ बहादुरगंज थाना सम्म) साथै बहादुरगंज बजारको पूर्वतर्फ रहेको पूरानो सडक ( बहादुरगंज सानो चोकमा रहेको दिपक पान पसल देखि उत्तर तर्फ पूरानो मलेरिया अफिस हुँदै राम कुमार गुप्ताको घर सम्म) सरसफाई गरी माटो पटान कार्य गर्ने हुँदा बाटोको मापदण्ड भित्र पर्ने गरि बनाईएका अवैध संरचना १५ दिन भित्र अविलम्ब हटाउन सूचना निकाली अनुरोध गरिएको छ ।
बाटोको अतिक्रमण नहटाए कानून बमोजिम प्रक्रिया अगाडी बढाउइ अतिक्रम हटाउन वडा कार्यालय बाध्य हुने र त्यस बखत कुनै किसिमको भौतिक क्षति हुन गएमा वडा कार्यालय जिम्मेबार नहुने समेत सूचना मार्फत सबैलाई जानकारी गराइएको छ ।

वडा अध्यक्ष सतिश हरिजनले बाटो अतिक्रमण हटाइ बाटोको स्तरउन्नति गर्न आफुहरु तयार रहेको बताउदै सबै पक्ष संग बिकासको काममा सहयोग गर्न अनुरोध गर्नु भयो ।

