समाजबादी युवा संघ कपिलवस्तुको अध्यक्षमा यादव

0
Quantam abroad studies

कपिलवस्तु , चैत ११
जनता समाजबादी पार्टीको नेपालको भातृ संगठनका समाजबादी युवा संघको जिल्ला स्तरीय तदर्थ समिती गठन भएको छ ।

समाजबादि युवा संघ को ३५ सदस्यीय कार्यसमिति युवा नेता उदयभान यादवको नेतृत्वमा गठन गरिएको छ । तौलिहवा स्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा बैठक युवा संघको नयाँ कार्यसमिती गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा राम नारायण चौधरी , बब्बु सिंह यादव , सहसचीवमा सहाब्बुदिन मुसलमान , बलिराम यादव , कोषध्यक्षमा रोहित यादव सचीवमा रमेश कसौधन लगायत रहेका छन् ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि जनता समाजबादि पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले युवा संघका युवाले नै पार्टीको सिद्धांत र बिचारलाइ जनता माझ फैलाउने काम गर्नु पर्ने र पार्टीलाइ बलियो बनाउने बताएका थिए ।

यस्तै सो बैठकले नयाँ निर्मित कार्यसमितिलाइ आउदो तिन महिना भित्र जिल्लाको सम्पूर्ण पालिकामा पालिका स्तरीय कार्यसमिति गठन गर्ने जिम्मेवारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.