तिलौराकोट दराबार क्षेत्रमा तिन दिने राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रमको आयोजना हुने
एस एम न्युज तौलिहवा , चैत १२
कपिलबस्तुमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरुलाइ विश्व सामु चिनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका कलाकारको उपस्थितिमा ३ दिने राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम हुन लागेको छ । सो कार्यक्रम चैत १५ गते देखी १७ गतेसम्म चल्नेछ ।
सिया आर्ट एण्ड क्राफ्टले कपिलबस्तुको तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा काठमाडौंका मठमन्दिर सम्पदा , लुम्बिनीको पेन्टिङहरु देखिने , उहिक हस्तकला समाग्री देखिने तर आफ्नो जिल्लामा रहेका महत्त्वपूर्ण पुरातात्त्विक , धार्मिक सम्पदाको कहिँ कतै कुनै पेन्टिङ वा हस्तकला समाग्री नदेखिनु दु:खद रहेको सिया आर्ट एन्ड क्राफ्टका प्रोप्राइटर बाल गोबिन्द त्रिपाठिले बताउनुभयो ।
उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा कपिलवस्तुका सम्पदाले ठाउँ पाउने लक्ष्यका साथ आफुहरुले तिन दिने कार्यक्रम संचालन गर्ने जमर्को गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका २० जना कलाकारहरुको सहभागिता रहने त्रिपाठीले जानकारी गराउनु भयो।
कार्यक्रमको पहिलो दिन उद्घाटन पस्चात कलाकारहरुलाई कपिलबस्तु जिल्ला भित्र रहेका पुरातत्विक स्थलहरुको भ्रमण अवलोकन गराइ त्यसबारे जानकारी गराइने छ । दोस्रो दिन तिलौराकोट दरबारमा क्षेत्रमा कलाकारले अवलोकन गरेका स्थलहरुको क्यानभासमा चित्र बनाउने छन् । दोस्रो दिन नै साझ कलाकार र पत्रकार लगायत बिच भेटघाट कार्यक्रम समेत हुनेछ । तेस्रो दिन कलाकारले तिलौराकोट दरबार क्षेत्रमा बनाएका क्यानभास पेन्टिङको प्रदर्शनी गरि कार्यक्रमको समापन गरिने छ ।
राष्ट्रिय कला कार्यशाला र संस्कृतिक प्रबद्र्धन कार्यक्रम लातिल कला परिषदका उप कुलपति लाल काजि लामा, हस्तकला विभागका अध्यक्ष प्रदिप अधिकारी, कलाकारहरु वि के नर बहादुर, डि के बराल लगायतका कलाकारहरुको समेत सहभागिता रहने सिया आर्ट एन्ड क्राफटका प्रबन्धक सचीव रबि शर्माले जानकारी गराउनुभयो । यस कार्यक्रममा आउने राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारले कपिलवस्तुम रहेका महत्त्वपूर्ण सम्पदाको अवलोकनले राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारको मंचमा ठाउँमा पाउनेमा आफुहरु बिश्वस्त रहेको समेत शर्माले बताउनुभयो।
पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष किरणमात्र बज्राचार्य, नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी , वरिष्ठ पत्रकार मनोज श्रिवास्त लगायत विभिन्न संचारमाध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।