२२ करोडको योजना स्वीकृत महाराजगजंमा टेन्डर आह्वान

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख १३
जिल्लाको महाराजगन्ज नगरपालिका अर्न्तगत रहेको हुलाकी सडकको गनवरिया देखी भगवानपुर शान्तिनगर, जितपुर गाउँ हुँदै भारतको सिमा सम्मको सडक कालोपात्रे हुने भएको छ ।

लुम्बिनी प्रद्रेश सरकार खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्रालयले कालोपात्रे सडकको लागि २२ करोडको टेण्डर आहवान गरेको छ ।

महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले
मन्त्रालयले उक्त सडकको टेन्डर आहवान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त सडकको लागि विगत लामोसमय देखि प्रयास गरेपछि मात्र टेन्डर आह्वान गरेको र अब महाराजगन्जमा विकासको गति बढ्ने नगर प्रमुख कलामले बताउनुभयो ।

सो योजना महाराजगन्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले आर्थिक वर्ष २०७९/८० को लागि माग गर्नु भएको थियो ।

sahani furniture udyog

कपिलवस्तु निर्वाचन क्षेत्र न २ को प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य तथा लुम्बिनी प्रदेश सरकारको तत्कालीन खानेपानी ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालको पहलमा उक्त योजना स्वीकृत भैइ टेन्डर आहवान भएको छ ।

महाराजगन्ज नगरपालिकाको लागि यो योजना हाल सम्म कै ठूलो योजना रहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

महाराजगन्ज नगरपालिकाको समग्र बिकासमा सहयोग पुर्याउनु भएकोमा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्य तथा लुम्बिनी प्रदेश सरकारको तत्कालीन खानेपानी ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाललाई मेयर कलामले धन्यवाद ज्ञापन गर्दै सदैव महाराजगन्जको समग्र बिकासमा सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

लुम्बिनी प्रद्रेश सरकार खानेपानी ग्रामिण तथा शहरी विकास मन्त्रालयका सचिव जकि अन्सारीले उक्त योजना चाडै सन्चालन गरिने बताउनु भयो ।

महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले उक्त योजनाले यस क्षेत्रको मुहार फेर्ने बताउनु भयो । विकासको गतिले पछि परेको महाराजगन्जमा ठुलो योजना आउनु राम्रो पक्ष भएको बताउनु भयो । यो समाचार न्युज सेन्टर नेपालबाट साभार गरिएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.