कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने

0
Quantam abroad studies

हरिश चंन्द्र खनाल
कपिलवस्तु, बैशाख १९
कपिलवस्तु नगरपालिकामा छैठो मेयर कप क्रिकेट प्रतियोगीता हुने भएको छ । प्रतियोगीता टि ट्वान्टी नक आउट हुनेछ । चैत २० देखि २७ गते सम्म तौलिहवा स्थित बुद्ध पद्म माबिको खेल मैदानमा प्रतियोगीता हुने भएको हो ।

कपिलवस्तु नगरपालिकाले तौलिहवामा राखेको पत्रकार सम्मलेनमा नगर प्रमुख सुदीप पौडेलले नगर क्षेत्रमा धेरै प्रतिभासाली युवा खेलाडी रहेको र यस मेयर कपले खेलाडीलाइ आफ्नो प्रतिभा देखाउन र प्रोत्साहन गर्न मद्दत पुग्ने बताए । उनले नेपालले युएइमाथी जित हासिल गर्दै नेपाली क्रिकेट टोलि एसिया कपमा सहभागी भएकोमा सबैलाई बधाई दिदै यस मेयर कपले स्थानीय खेलाडीलाइ राष्ट्रिय स्तरमा पुग्न हौसला दिने समेत बताएका थिए । ‘नगर मै उत्कृष्ठ खेलाडी उत्पादन गर्न हामीले यो प्रतियोगीता गर्न लागेको ” पौडेलले बताए ।

खेलमा १२ वटा वडाबाट १२ टिम सहभागी हुने प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालले बताए । दैनिक बिहान र साझ गरी २ खेल खेलाईनेछ । प्रथम पुरस्कार नगद ५० हजार सहीत मेडल ट्रफी र प्रमाण पत्र दिईने उनले बताए । दोश्रोलाई नगद ३० हजार दिईनेछ । प्रत्येक खेलका खेलाडीलाई म्यान अफ द म्याच तथा अन्तिममा म्यान अफ द सिरिज , बेस्ट ब्याट्मैन र बेस्ट बलरलाई समेत पुरस्कृत गरिनेछ ।

प्रतियोगीता सामाजिक विकास समितिका संयोजक दिरेप चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको छ । पत्रकार सम्मेलन मेयर पौडेलको अध्यक्षता र शिक्षा अधिकृत युवराज भुसालको संचालनमा भएको थियो । मेयर कप प्रतियोगिताको उदघाटन प्रदेश सभा सदस्य सुधार पाण्डेले गर्नेछन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.