बृद्ध दम्पत्तीको बृद्ध भत्ता बापतको रकम लुटपाट

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा , साउन २५
कपिलवस्तुको सुद्धोदन गाउँपालिका- ६ कर्मा गाउँका एक वृद्ध दम्पत्तीको सामाजिक सुरक्षा वापतको नगद २४ हजार रुपैयाँ लुटपाट भएको छ ।

मोटरसाइकलमा आएका अपरिचित ब्यक्तिले बिहीवार बिहान साढे ११ बजेतिर ८४ बर्षिया पुनवासि बरई र निजकै श्रीमति बर्ष ७९ बुच्चा बरईको बृद्ध भत्ता लुटेर फरार भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए ।

sahani furniture udyog

शुद्धोदन गाउँपालिकाको लबनीमा रहेको प्राइम बैक लबनी शाखाबाट तीन महिनाको भत्ता बापत दुबैले बुझेर कर्मातर्फ लागेका थिए। सेतो सर्ट र कालो पाईन्ट लगाएका मोटरसाईलमा आएका अपरिचित ब्यक्तिले दुबै वृद्धलाई घर पुर्याइ दिन्छु भनि मोटरसाईलमा बसालेका थिए । ती ब्यक्तिले शुद्धोधन गाउँपालिका -३ बेथीखोला नजिक मोटरसाईलकबाट उतारी डर धम्कि देखाई सो रकम लुटेर फरार भएका थिए ।

लुटेराको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । उता सो बिषयमा आफुलाई बिहीवार साझ ७ बजे सम्म कुनै जानकारी नभएको प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता मिन बहादुर घलेले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.