करेन्ट लाग्दा ६ बर्षिय बालिकाको मृत्यु एक घाइते

0
Quantam abroad studies

एस एम न्युज तौलिहवा , साउन २६
कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाटकी छोरी साहिना खातुन रहेकी छन्।

नल्कामा जडान गरिएको पानी तान्ने मोटर प्रयोग गरी नुहाउँदै गर्दा करेन्ट लागेको थियो । खातुनलाइ करेन्ट लाग्दा उनको हजुरामा अन्जुम भाट समेत घाइते हुनुभएको छ । नातिनीलाई करेन्ट लागेपछि उद्धार गर्न खोज्दा हजुरामालाइ करेन्ट लागेको थियो ।

इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी सहायक निरीक्षक डोल बहादुर थापाले करेन्ट लागि घाइते हजुरामाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.