चन्द्रागिरि केबलकार अवरुद्ध हुँदा १ हजार यात्रु अलपत्र

0
Quantam abroad studies

चन्द्रागिरि हिल्सको केबलकार प्रणालीमा हाइड्रोलिक समस्याका कारण केबलकार सेवा प्रभावित भएको छ। यद्यपि, हाइड्रोलिक समस्याका कारण केबलकारमा कुनै यात्रु अड्किएका छैनन्।

समस्या पहिचान भएपछि केबलकारको मर्मत कार्य सुरु भएको जानकारी प्राप्त भएको छ। यसैक्रममा, केबलकारमा रहेका यात्रुहरूको सुरक्षित आवागमनका लागि काठमाडौं ल्याउन २ बस र ५ साना गाडी गरी ७ वटा सवारीसाधन पठाइएका छन्।

sahani furniture udyog

थानकोट प्रहरी वृत्तका अधिकारीले जानकारी दिनुभएको अनुसार, चन्द्रागिरि हिल्समा करिब १ हजार यात्रु रहेका छन्। अहिले केबलकारको सञ्चालनको परीक्षण चलिरहेको र मर्मत कार्य तीव्र गतिमा भइरहेको बताइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.