मोरङ मा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीया महिलाकाे मृत्यु

0
Quantam abroad studies

मोरङको सुन्दरहरैँचा ५, डिपुकी निवासी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको छ। स्थानीय वडाध्यक्ष गणेश चौधरीका अनुसार, चन्द्रकला सोमबार घाँस दाउराका लागि जङ्गल गएका थिइन्। तर साँझसम्म घर न फर्किएपछि, मङ्गलबार बिहान ६ बजेका आसपास स्थानीयवासीले खोल्सीको किनारमा उनको शव मृत अवस्थामा भेटेका थिए।

स्थानीय प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार, घटनाको सूचना प्राप्त भएपछि प्रहरीले शव उठाएर पोस्टमार्टमको लागि अस्पताल पठाउने तयारी गरिरहेको छ। यस घटनाले स्थानीय समुदायमा गहिरो शोकको माहौल सिर्जना गरेको छ।

sahani furniture udyog

यो घटनासँगै, केही महिना अघि पुस ५ गते सोही नगरपालिका क्षेत्रको वडा नं. ७ मा ४० वर्षीया गङ्गामाया मगरको पनि जङ्गली हात्तीको आक्रमणमा मृत्यु भएको थियो। यो लगातारको घटनाले जङ्गली हात्तीबाट उत्पन्न हुने जोखिमको बारेमा स्थानीय प्रशासन र वन्यजन्तु संरक्षणका सरोकारवालालाई सचेत गराएको छ।

यसअघि पनि जङ्गली हात्तीहरूको आक्रमणले स्थानीय बासिन्दा र कृषकहरूको जीवनमा कठिनाई ल्याएको छ, र यसले सुरक्षा र संरक्षणका उपायहरूमा सुधारको आवश्यकता को संकेत गर्दछ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.