
कपिलवस्तु । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको अध्यक्षमा नवराज पौडेल चयन भएका छन्। क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय समिति निर्विरोध चयन गरेको छ।
नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा सुर्य गुरुङ, उपाध्यक्षहरूमा बृजेस कुमार जयसवाल, बलबन्द गुप्ता र बिपना भुसाल चयन भएका छन्। महासचिवमा केसव बेल्वासे, सचिवहरूमा अजय मिश्र र बृजेस यादव, कोषाध्यक्षमा अनेक पाण्डे, सह-कोषाध्यक्षमा कृष्ण पौडेल चयन भएका छन्।
सदस्यहरूमा शुसिल गैरे, रमा संकर तिवारी, धर्मेन्द्र चौधरी, आरती परीयार, गौतम यादव, नन्द किशोर, सुनिता चौधरी, पुनहरी घिमिरे, विकाश श्रीवास्तव, अनुप पन्थी, धनिराम कोरी, लक्ष्मी चौधरी, लक्ष्मण सापकोटा, राघवेन्द चौवे, हनुमान पाण्डे, प्रभुनाथ गुप्ता, पुजा बस्नेत र तुल्सीराम बेल्वासे चयन भएका छन्।

चन्द्रौटामा सम्पन्न उक्त अधिवेशन क्लबका अध्यक्ष सनिउल्ला धोबिको अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष बसन्त गिरी प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिको रूपमा जिल्ला उपाध्यक्ष खगप्रसाद चापागाई उपस्थित थिए।
