माओवादीले तराई–मधेस लक्षित जागरण अभियान चलाउने

0
Quantam abroad studies

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन १ गतेदेखि एक महिने तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। आइतबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त अभियानबारे जानकारी गराएका हुन्।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, अभियान हुलाकी राजमार्गलाई केन्द्रित गरी सञ्चालन गरिनेछ। यो अभियान पछि एक महिना पूर्व–पश्चिम राजमार्गलाई आधार बनाएर थप कार्यक्रमहरू अघि बढाइनेछ। साथै, उपत्यका विशेष अभियान पनि सञ्चालन गरिने प्रवक्ता सापकोटाले बताए।

बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने प्रस्ताव पनि पेश गरिएको छ। सापकोटाले पार्टी एकता र वामपन्थी समूहहरूसँगको सहकार्यका लागि नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल आम पार्टीसँग पहल गर्ने निर्णय गरिएको जानकारी दिए।

sahani furniture udyog

महिला, दलित र मुस्लिम समुदायलाई विशेष अधिकार प्रदान गर्ने विषयमा पार्टीले पहिलेदेखि नै चासो देखाएको उल्लेख गर्दै सापकोटाले, महिलाको अधिकारलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउन पहल गरिने बताए।

बैठकमा वैज्ञानिक समाजवादको आधारमा पार्टी एकता र एकीकृत वामपन्थी आन्दोलनलाई सशक्त बनाउने प्रस्तावमा पनि छलफल भएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.