नेपाल एयरलायन्सका जहाज ग्राउन्डेड भएपछि रेसुङ्गा विमानस्थलमा हवाई सेवा ठप्प

0
Quantam abroad studies

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ। नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) का दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि यहाँको हवाई सेवा ठप्प भएको हो।

रेसुङ्गा स्टेसन प्रमुख सुमन थापाका अनुसार हवाई सेवा बन्द हुँदा स्थानीय यात्रुहरू समस्यामा परेका छन्। नेपाल एयरलायन्सले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक उडान सुरु गरेपछि सातामा तीन पटक नियमित उडान हुँदै आएको थियो।

१८ सिट क्षमताको ट्विनअटर जहाजले काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे उडान गर्ने गरे पनि अहिले यो सेवा बन्द छ। विमानस्थल कार्यालयका अनुसार दिउँसो अत्यधिक हावाको चाप हुने भएकाले बिहान मात्रै उडान गरिँदै आएको थियो।

sahani furniture udyog

निगमले काठमाडौँबाट रेसुङ्गाका लागि रु ७,५०० र रेसुङ्गाबाट काठमाडौँका लागि रु ७,३०० भाडादर निर्धारण गरेको छ। २१ महिनाको अवधिमा यहाँबाट एकतर्फी ९० उडान भइसकेका छन् भने २,२५३ यात्रुले यो सेवा लिएका छन्।

हवाई सेवा पुनः सञ्चालनमा आउनेबारे कुनै ठोस जानकारी हालसम्म उपलब्ध छैन।

4o

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.