
काठमाडौं । न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा एक पटकको च्याम्पियन्स ट्रफी च्याम्पियन न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो । अब भारत फिल्डिङमा उत्रनेछ ।

समूह चरणमै न्युजिल्यान्डलाई ४४ रनले हराएको २ पटकको च्याम्पियन भारत भारतका लागि आज दुबईको पिच निकै सुहाउने देखिन्छ । भारत सुरक्षाको कारण देखाउँदै पाकिस्तान नगएपछि युएई सहआयोजक बनेको हो । भारत मात्र एक टोली हो, जुन पाकिस्तानको भ्रमण नै नगरी फाइनलमा प्रवेश गरेको छ । त्यसकारण पनि भारत अन्य टोलीभन्दा दुबईको पिचसँग परिचित देखिन्छ ।
