परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार भारत प्रस्थान

0
Quantam abroad studies

परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छन्। धार्मिक भ्रमणको सिलसिलामा उनी भारत भ्रमणमा गएकी हुन्।

मन्त्री राणाकोे झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ।

उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।

त्यसपछि मन्त्री राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन्।

sahani furniture udyog

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ।

कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै यही भ्रमणकै क्रममा मन्त्री राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउनुहुने कार्यक्रम रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.