
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडाैं महानगरलाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । पूर्वराजाको स्वागत र्याली गर्दा फोहोर तथा भाैतिक क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
जरिवाना तोकेको दोस्रो दिनै सोमबार राप्रपाले उक्त रकम तिरेको हो ।

‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ l एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ’, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।
