आगामी तीन दिन मौसम बदली हुने

0
Quantam abroad studies

काठमाडौं – आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले पहाडी तथा उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

बागमती, गण्डकी, कोशी, मधेश तथा सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। शनिबार र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहँदा आइतबार राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.