म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन : प्रचण्ड

0
Quantam abroad studies

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्। ‘हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,’ उनले भने, ‘हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए।

उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए। 

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.