सीमाबाट अनियन्त्रित कुखुरा तस्करी,पोल्ट्री व्यवसायी संकटमा

0
Quantam abroad studies

बाँके जिल्लामा भारतसँग जोडिएका विभिन्न सीमाना नाकाबाट कुखुराको अवैध आयात तीव्र रूपमा बढ्दै गएको छ। यसले गर्दा जिल्लाका किसान र पोल्ट्री व्यवसायीहरूलाई गम्भीर आर्थिक क्षति हुन थालेको छ। व्यवसायीहरूले आफ्नो लगानी जोखिममा परेको भन्दै अवैध आयात रोक्न स्वयं सीमामा खटिन थालेका छन्।

व्यवसायीहरू सीमामा सक्रिय
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलका अनुसार, अवैध आयातले गर्दा नेपाली पोल्ट्री व्यवसायीहरूको ठूलो लगानी जोखिममा परेको छ। त्यसैले व्यवसायीहरूले सीमामा निगरानी बढाएर, तस्करी नियन्त्रण गर्न प्रहरीलाई जानकारी गराउने अभियान सुरु गरेका छन्।

पोखरेलका अनुसार, व्यवसायीहरूले नेपालगन्जका मासु पसलहरूमा समेत अनुगमन गर्दै अवैध रूपमा भित्र्याइएका कुखुरा बरामद गरेर प्रहरीलाई बुझाउने कार्य गरिरहेका छन्।

खुला सीमाको फाइदा उठाउँदै तस्करी
नेपाल–भारत खुला सीमाका कारण बर्दियाको बलई गाउँ फुटाहा नाका हुँदै पूर्वी बाँकेको नरैनापुरसम्म विभिन्न स्थानबाट अवैध रूपमा कुखुरा आयात भइरहेको छ। नेपाली व्यवसायीहरूले जनाएअनुसार, नेपालमा प्रति किलो कुखुरा उत्पादन लागत २२० रुपैयाँ पर्ने भए पनि भारतमा सोही कुखुरा ९० रुपैयाँमै उत्पादन हुने भएकाले मूल्य असमानताका कारण तस्करी मौलाएको हो।

sahani furniture udyog

बाँके जिल्लामा साना तथा ठूला गरी ५०० भन्दा बढी कुखुरा व्यवसायीहरू रहेको तथ्यांक व्यवसायी मञ्चसँग छ।

प्रहरीको सक्रियता
बाँके प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीका अनुसार, सीमा क्षेत्रबाट हुने कुखुराको अवैध तस्करी रोक्न प्रहरीले गम्भीर रूपमा काम गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा मात्र तीन लाख ७६ हजार ८१० रुपैयाँ बराबरको अवैध बोइलर कुखुरा र मासु नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जलाई बुझाएको जनाएको छ।

स्थानीय व्यवसायीहरू र सुरक्षाकर्मीको सक्रियताका कारण कुखुराको अवैध आयात नियन्त्रण हुने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.