५०० रुपैयाँसम्मकाे रकम ट्रान्सफरमा शुल्क नलाग्ने

0
Quantam abroad studies

काठमाडौं । मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आईपीएसमार्फत ५०० रुपैयाँसम्मको रकम ट्रान्सफर गर्न अब कुनै शुल्क लाग्ने छैन। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले बुधबार एक सूचना जारी गर्दै शुल्क परिमार्जन गरिएको जानकारी दिएको हो।

एनसीएचएलका अनुसार रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रणालीअन्तर्गत कारोबार रकमको सीमाका आधारमा नयाँ शुल्क व्यवस्था लागू गरिएको छ। नयाँ शुल्क दरअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएसको मोबाइल एप तथा वेबसाइट वा वालेटबाट ५०० रुपैयाँसम्मको रकम स्थानान्तरण गर्दा कुनै शुल्क लाग्दैन।

५०० देखि ५००० रुपैयाँसम्मको ट्रान्सफरमा ४ रुपैयाँ र ५००० रुपैयाँभन्दा माथिको हकमा ८ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

sahani furniture udyog

मर्चेन्ट भुक्तानीका लागि पनि नयाँ शुल्क दर निर्धारण गरिएको छ। मर्चेन्टलाई हुने भुक्तानीमा ५०० रुपैयाँसम्म २ रुपैयाँ, ५०० देखि ५००० रुपैयाँसम्म ४ रुपैयाँ तथा ५००० रुपैयाँभन्दा माथि ८ रुपैयाँ शुल्क लाग्नेछ।

तर, सेवाप्रदायक तथा मर्चेन्टहरूले शुल्क व्यहोर्ने कारोबारमा ग्राहकलाई कुनै शुल्क लाग्ने छैन। साथै, तोकिएको शुल्कमा १३ प्रतिशत भ्याट समेत लागू हुने एनसीएचएलले स्पष्ट पारेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.