ओली र मोदीबीच भेटवार्ता हुँदै

0
Quantam abroad studies

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

भेटवार्ता सम्मेलनको दिवाभोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे हुनेछ । बैंकक स्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

sahani furniture udyog

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका छन् ।बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आजै साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.