भारतले नेपाली वस्तु निर्यातमा लगाएको अवरोध फुकुवा

0
Quantam abroad studies

काठमाडौं – भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी पीयुष गोयलसँग निर्यात सहजताका लागि पहल गरेका थिए। गत पुस २७ र २८ गते नेपाल–भारत वाणिज्य सचिव स्तरीय बैठकमा पनि बिआइएस नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो।

भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्यातमा बिआइएस अनिवार्य गरेको छ। बिआइएस नवीकरण नहुँदा पाँच महिनादेखि सिमेन्ट र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो।

sahani furniture udyog

नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेका अनुसार हाल करिब एक दर्जन उद्योगले बिआइएस नवीकरण गरिसकेका छन्। केही सिमेन्ट उद्योगहरूले पनि प्रमाणपत्र प्राप्त गरेपछि भारत निर्यात पुनः सुरु गरेका छन्।

हाल बाँकी उद्योगका लागि एक महिना म्याद रहेको छ। घिमिरेका अनुसार तीन सिमेन्ट उद्योगले निर्यात गरिरहेका छन् भने आधा दर्जन उद्योगले एक महिनाभित्र बिआइएस पाउनेछन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.