गगन थापा: “देशभरका डाँडामा बसेर पनि लाखौं कमाउन सकिन्छ”

0
Quantam abroad studies

काठमाडौँ, शनिबार — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधि (आईसीटी) क्षेत्रले नेपालमा रोजगारी र आम्दानीको नयाँ सम्भावना ल्याएको बताउँदै, आगामी केही वर्षभित्र युवाहरूले आफ्नै ठाउँमा बसेरै लाखौं कमाउन सक्ने अवस्था सिर्जना गर्न सकिने धारणा राखेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, “हामी अबको ८-१० वर्षभित्रमा कीर्तिपुरको डाँडामात्र होइन, देशभरका डाँडामा बसेर दुई/चार लाख रुपैयाँ कमाउने स्थिति निर्माण गर्न सक्छौं। त्यो पोटेन्सियल हामीसँग छ।”

उनले यसका लागि दीर्घकालीन सोच, योजनाबद्धता र समर्पित काम आवश्यक रहेको धारणा पनि राखे। “त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसकेको छ, तर गति अझै बढाउनुपर्छ,” उनले भने, “हाम्रो गति अझै पुगेको छैन। यो हाम्रो लागि ठूलो अवसर हो।”

sahani furniture udyog

थापाले यसअघि पनि कीर्तिपुरको डाँडामा बसेर ल्यापटपमार्फत चार/पाँच लाख रुपैयाँ कमाउन सकिने भनाइ दिएका थिए, जुन सार्वजनिक बहसको विषय बनेको थियो। यसपटक उनले त्यही अवधारणालाई अझ स्पष्ट र विस्तारित ढंगले प्रस्तुत गरेका छन्।

उनको भनाइ अनुसार, आईसीटीले भौगोलिक सीमालाई पार गर्दै रोजगारी सिर्जना गर्ने र युवाहरूलाई देशमै समृद्धिको बाटो देखाउने माध्यम बन्ने सम्भावना छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.