कपिलवस्तुमा जिरो टिल प्रविधिले गहुँ उत्पादनमा उत्साहजनक सफलता

0
Quantam abroad studies

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) को सहयोगमा कपिलवस्तुमा नमुनाका रूपमा प्रयोग गरिएको ‘जिरो टिल’ (शून्य खनजोत) प्रविधिबाट गरिएको गहुँ खेतीले उत्कृष्ट उत्पादन दिँदा कृषकहरू उत्साहित भएका छन्।

संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिका–६ का कृषकहरूले गत मंसिरमा जिरो टिल प्रविधिबाट गहुँ छरेका थिए। सुरुमा परिवार र छिमेकीको हतोत्साहीबीच पनि प्रयास गरेका कृषक बलराम यादवले पाँच कठ्ठामा लगाएको गहुँ अन्य विधिको तुलनामा झनै राम्रो भएको बताए। उनले ८०% बढी उत्पादन भएको दाबी गर्दै आगामी वर्षदेखि यही प्रविधिमा जाने बताएका छन्।

यस्तै, वडा नम्बर ११ अरौराका कृषक रामदास यादवले ११ कठ्ठामा जिरो टिल प्रविधिबाट गहुँ लगाउँदा लागत कम र उत्पादन बढी भएको अनुभव सुनाए।

sahani furniture udyog

जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्य, वडा अध्यक्ष प्रकाश गैरे र कृषि शाखा प्रमुख भगवानदास गुप्तालगायतले खेतीको अवलोकन गरेका थिए। आरआरएनका संयोजक गान्धिराज शर्मा वाग्लेले यो प्रविधिले माटोको गुणस्तर जोगाउने, जलवायु असर न्यून गर्ने र लागत कटौतीसहित उत्पादन वृद्धि गर्ने बताएका छन्।

कृषि ज्ञान केन्द्र प्रमुख भास्कर पौडेलका अनुसार, जिरो टिल प्रविधिमा सामान्य सतह बनाएर गहुँ र मल छर्ने भएकाले माटो बिग्रँदैन, लागत घट्छ, र उत्पादन बढ्छ।

हाल कपिलवस्तुमा ३१ हजार हेक्टरभन्दा बढी क्षेत्रमा गहुँ खेती हुँदै आएको छ। जिरो टिल प्रविधिलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउने तयारी छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.