सांसद सुमना श्रेष्ठ: प्रधानमन्त्रीको शैली “तानाशाही”

0
Quantam abroad studies

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीको कार्यशैलीलाई “तानाशाही” भन्दै कडा आलोचना गरेकी छन्। उनले सरकार नयाँ पुस्तामाथि दमनकारी शैलीमा प्रस्तुत भइरहेको दाबी गरिन्।

श्रेष्ठका अनुसार प्रधानमन्त्रीले युवा संगठनहरूलाई दमन गर्न निर्देशन दिएका छन् भने कुलमान घिसिङको हटाइ, र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सिफारिसअनुसार प्रमुख प्रशासकीय अधिकृत परिवर्तन नगरिनुजस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार भएको संकेत गर्छन्।

“प्रधानमन्त्री कानुनभन्दा व्यक्तिप्रति उत्तरदायी बन्न खोज्दै छन्,” श्रेष्ठले भनिन्, “यो प्रवृत्ति विधिको शासन होइन, तानाशाही हो।”

sahani furniture udyog

उनले देश बिचौलिया र चाकडीबाज नेतातन्त्रको हातमा परेकाले अब यस्तो प्रणालीलाई विस्थापन गर्न आवश्यक रहेको बताइन्। “हामी देशका लागि काम गर्न आएका हौं, कुनै पार्टीको झोला बोक्न होइन,” भन्दै उनले सत्ताको शैलीप्रति आक्रोश व्यक्त गरिन्।

श्रेष्ठले सरकारको हालको रवैयाले स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठाइरहेको निष्कर्ष निकालेकी छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.