महाकाली किनारमा भारतीय तटबन्ध, नेपाली भूभाग अतिक्रमणको आरोपमा विरोध

0
Quantam abroad studies

दार्चुला — महाकाली नदी किनारको नेपाली भूभागमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै स्थानीय राजनीतिक दल र बासिन्दाले कडा विरोध गरेका छन्।

वि.सं. २०७० को बाढीपछि विवादास्पद क्षेत्र मानिने सदरमुकाम खलंगास्थित वीरेन्द्र वन पारिपट्टि भारतले तटबन्ध निर्माण सुरु गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।

महाकाली नगरपालिका–४ र ५ हुँदै बग्ने नदीको धार परिवर्तन हुने गरी भइरहेको निर्माण कार्यले अन्तर्राष्ट्रिय सीमारेखा मिचिएको एमाले जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीको भनाइ छ।

sahani furniture udyog

प्रजिअ अनिल पौडेलले आफूले भारतीय समकक्षीसँग लगातार सम्पर्क राख्दै निर्माण रोक्न आग्रह गरेको र परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिसकेको जानकारी दिएका छन्।

नेपालले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न तत्काल पहल गर्नुपर्ने माग तीव्र बनेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.