मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट लडेर युवकको मृत्यु

0
Quantam abroad studies

मनाङ — यार्सागुम्बा सङ्कलनका क्रममा मनाङको नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।

धादिङको गङ्गाजमुना गाउँपालिका–१ का ३२ वर्षीय आकाश तामाङको शुक्रबार भिरबाट लडेर ज्यान गएको हो। शव अझै निकाल्न नसकिएको मनाङ प्रहरीले जनाएको छ।

घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य थालेको छ। सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार टोली हुलाकी ओडारसम्म पुगेको छ र त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि मात्र घटनास्थल पुग्न सकिनेछ।

sahani furniture udyog

मनाङका लेक र खर्कमा यार्सागुम्बा सङ्कलनको सिजन वैशाखदेखि असार अन्त्यसम्म चल्ने गर्दछ। जिल्ला प्रशासनले यसपटक सुरक्षा सतर्कता अपनाएको भए पनि दुर्घटनाबाट जोगिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताएका छन्।

यस्तो जोखिमपूर्ण क्षेत्रमा अनुमति दिँदा स्थानीय र सङ्कलकको सुरक्षामा अझ कडाइ आवश्यक देखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.