कपिलवस्तुका कृषक द्वारा युरिया, डिएपी र पोटास पर्याप्त उपलब्ध गराउन ज्ञापनपत्र

0
Quantam abroad studies

कपिलवस्तु – कृषकहरूलाई अत्यावश्यक रासायनिक मलको अभाव हुन नदिन माग गर्दै किसान महासङ्घ कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

महासङ्घले जिल्लाका कृषकहरूको तर्फबाट २० हजार मेट्रिक टन युरिया, १५ हजार मेट्रिक टन डिएपी, र १० हजार मेट्रिक टन पोटास तत्काल उपलब्ध गराउन आग्रह गर्दै ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिल कुमार तामाङमार्फत प्रधानमन्त्री केपी शर्मा अेाली लाई हस्तान्तरण गरेको हो।

किसान महासङ्घका प्रतिनिधिहरूले कपिलवस्तुमा कृषि उत्पादनको सिजन सुरु हुन लागेको तर मलको चरम अभावले बाली उत्पादनमा गम्भीर असर पर्ने खतरा बढेकाले सरकार तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

ज्ञापनपत्रमार्फत महासङ्घले भनेको छ, “हाम्रा कृषकहरू मल नपाएर खेत बाँझो राख्न बाध्य छन्। उत्पादन घट्ने हो भने खाद्यान्न संकट र आयमा गिरावट आउनेछ।

प्रजिअ तामाङले उक्त ज्ञापनपत्र यथाशीघ्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका छन्।

sahani furniture udyog

किसानहरूले यथासमयमा रासायनिक मल उपलब्ध गराउन माग गर्दै यदि छिटो समाधान नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

स्थानीय कृषकहरूले सरकारलाई “मुखले कृषि प्रोत्साहनको कुरा गर्ने तर व्यवहारमा मलसमेत दिन नसक्ने” भन्दै आक्रोश व्यक्त गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.