उपेन्द्र यादवको आरोप: कांग्रेस र कम्युनिस्टका कारण मुलुक बर्बादीतिर

0
Quantam abroad studies

कपिलवस्तु — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको पछौटोपनका लागि कांग्रेस र कम्युनिस्ट दलहरूलाई जिम्मेवार ठहर गरेका छन्। कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले तीन दशकभन्दा बढी समय शासन गरेको यी दलहरूले देशलाई आर्थिक र सामाजिक रूपमा ‘ग्रे लिस्ट’ मा पुर्‍याएको आरोप लगाए।

यादवले मधेस, मुस्लिम र पछाडि पारिएका वर्गमाथि राज्यको विभेद अझै कायमै रहेको र संविधान कार्यान्वयनमा ईमानदारिता नदेखिएको बताए। संविधान २०७२ लाई त्रुटिपूर्ण भन्दै उनले मूल मर्मअनुसार पुनर्लेखनको मागसमेत राखे।

sahani furniture udyog

कार्यक्रममा जसपाका शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.